एमाले सचिवालय बैठक सम्पन्न, महानगर तथा उपमहानगरको उम्मेद्वारबारे भोलि निर्णय गर्ने

काठमाडौं- नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे वैशाख १० गते भोलि निर्णय गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सचिवालय बैठकमा सातवटै प्रदेश कमिटीले गरेको सिफारिसबारे छलफल भएको र अर्को बैठक शनिबार दिउँसो ३ बजे बालकोटमै बसेर उम्मेदवारको टुङ्गो लगाउने बताउनुभयो ।

आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने र आजै तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा केन्द्रीय कार्यालयको उद्घाटन गर्ने बैठकले निर्णय गरेको गुरुङले जानकारी दिनुभयो ।

स्थानीय निर्वाचनको घोषणापत्र भोलि नै सार्वजनिक गर्ने निर्णय एमाले सचिवालय बैठकले गरेको छ । नेकपा एमालेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशसभाका सदस्यलाई पालिकाको नेतृत्वको लागि टिकट नदिने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख गुरुङले त्यहाँ सरकार परिवर्तन हुनसक्ने सम्भावना रहेको र त्यसलाई ध्यानमा राखेर यस्तो निर्णय भएको बताउनुभयो । उहाँले यी दुई प्रदेशमा एमालेको एकल बहुमत पुग्नलाई केही सांसद मात्रै कमी हुने अवस्था रहेको र सत्ता गठबन्धनमा फाटो आएमा एमालेको सरकार बन्न सक्ने सम्भावना रहेको बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.