३६ करोड सजाय दावी सहित पाँच जना विरुद्ध मुद्धा दर्ता

काठमाडौं- राजस्व अनुसन्धान विभागले राजस्व चुवाहट गरेको आरोपमा पाँच जना विरुद्ध ३६ करोड रुपियाँ सजाय दावी सहित मुद्धा दर्ता गरेको छ ।

शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुट्टा मुल्य अभिबृद्धि कर विजक खरिद गरी राजस्व चुवाहट गरेको भन्दै विभागले मुद्धा दर्ता गरेको जनाएको छ । यी कम्पनीहरुले आय विवरणहरु तयार गरी मुल्य अभिबृद्धि कर नतिरेको दावी विभागको छ ।

विभागले यी पाँच जना उपर ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ सजाय दावी सहित मुद्धा दर्ता गरेको विभागका सूचना अधिकारी दिपेश लेखकले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल स्थायी बसोबास गर्ने श्री शुभलक्ष्मी इन्टरनेशनल , गणपति ट्रेड लिंक, एच बि ट्रेड एण्ड सप्लायर्स र एम. के. इन्टरनेशनल कम्पनीबाट कारोवार गर्ने मनिष कुमार अग्रवाल, काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल स्थायी बसोबास गर्ने एचबि ट्रेड एण्ड सप्लायर्स, साझेदार तथा गणपति ट्रेड लिंक संचालक र एम के इन्टरनेशनल कम्पनीका कारोबारमा संलग्न हितेष कुमार अग्रवाल, काठमाडौं नागार्जुन नगरपालिका वडा नंम्बर ३ सितापाइला स्थायी बसोबास भई काठमाडौं महानगरपालिका १३ वाफल चंखुमार्ग बसोबास गर्ने एमके इन्टरनेशनलका सञ्चालक प्रमित महर्जन रहेको उहाँले बताउनुभयो ।

रौतहटको गौर नगरपालिका वडा नम्बर १ घरभई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल बसोबास गर्ने एचबि ट्रेड एण्ड सप्लायर्सको साझेदार बिमल अग्रवाल र रौतहट, गौर घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल बसोबास गर्ने बर्ष ५० को गणपति ट्रेड लिंकका प्रोपराइटर दिपेन्द्र कुमार अग्रवाल समेतलाई विभागले विपक्षी बनाएर विगो दावी सहित मुद्धा दर्ता गरेको लेखकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.