स्थानीय तह निर्वाचनः उम्मेदवारी मनोनयन दर्ता तोकिएको समयमा सकिएन

काठमाडौं– स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन दर्ता तोकिएको समयमा सकिएन ।

निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन समय दिए पनि अधिकांश स्थानमा मनोनयन भइरहेको छ । निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन प्रक्रिया सुरु भएको थियो ।

निर्वाचन आयोगले गत चैत ४ गते उम्मेदवारको मनोनयन दर्ता दुई दिन गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो ।

देशभरका ७५३ स्थानीय तहमा आगामी वैशाख ३० गते एकैपटक निर्वाचन हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.