६ महानगरपालिकामा को अगाडि ?

काठमाडौं– स्थानीय तहको निर्वाचनमा ६ वटा महानगरपालिकामध्ये अधिकांशको मतगणना सुरु भएको छ ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिनुभएको छ भने उहाँको पछाडि एमालेका केशव स्थापित र सिर्जना सिंह हुनुहुन्छ ।

ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पछि पार्नुभएको छ ।

विराटनगरमा कांग्रेसका नागेश कोइरालाले एमालेका सागर थापालाई पछि पार्नुभएको छ ।

भरतपुरमा माओवादी केन्द्रका रेणु दाहाललाई पछि पार्दै एमालेका विजय सुवेदीले अग्रता लिनुभएको छ ।

पोखरा र वीरगन्ज महानगरपालिकामा भने मतगणना अझै सुरु भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.