रामग्राममा एमालेका मेयर र राप्रपाका उपमेयर निर्वाचित

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो ।

मेयर पदमा अहिलेकै उमेद्वार नरेन्द्रकुमार गुप्ताले उम्मेद्वारी दोहोर्‍याएका थिए । उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई उमेदवार उठाएको थियो । निवर्तमान मेयर गुप्ता नेकपा एमालेका धनपद यादवसँग १५ सय ५७ मत अन्तरले पराजित हुनुभएको हो । गुप्ताले ६ हजार २ सय ६७ मत ल्याउँदा निर्वाचित मेयर पदका उमेदवार यादवले ७ हजार ८ सय २४ मत ल्याएर विजयी हुनुभएको छ ।

यस्तै मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टिका उम्मेद्धार रामभवन यादवले ५ हजार ९३ मत पाउनुभयो भने जनता समाजवादि पार्टिका उम्मेद्धार गोविन्द चौधरीले ३९ सय ८९ मत मात्र प्राप्त गर्नुभएको छ ।

उपमेयरमा भने राप्रपाकी सम्झना चौधरी विजयी हुनुभएको छ । चौधरीले एमालेकी लक्ष्मी क्षेत्रीलाई १ सय १९ मत अन्तरले पराजित गर्दै उपमेयरमा विजयी हुनुभएको हो ।

निर्वाचित चौधरीको ६ हजार ५ सय ८२ र क्षेत्रीको ६ हजार ४ सय ६३ मत छ । कांग्रेसकी उपमेयरकी उमेदवार आराधना भट्टले ५ हजार ३ सय ९३ मत ल्याएर तेस्रो हुनुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.