छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २ जना शिक्षकलाई पक्राउ

गुल्मी- गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले २ जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताउनु भयो ।

शिक्षक निलकण्ठ बस्यालले २०७८ भाद्र महिनादेखि र शिक्षक प्रकाश भट्टराईले २०७८ मार्ग महिनादेखि निज छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने सम्मका बालयौन दुर्व्यवहार कार्यहरु गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको (डिएसपी) खरेलले बताउनु भयो । प्रहरीले शिक्षक प्रकाश भट्टराई र निलकण्ठ बस्याललाई अनुसन्धान थालेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.