नेपाल टेलिभिजनका पत्रकार राई पुरस्कृत

काठमाडौँ- नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक एवं नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख गजुरधन राईलाई यसबर्षको सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

संचारकर्मी राईसहित यो पुरस्कारबाट पत्रकार पारसमणि नेपाल र लहना मिडिया पनि पुरस्कृत भएका छन । पत्रकारिताको माध्यमबाट समाजलाई सूसूचित गर्न योगदान पुर्‍याएवापत उहाँहरुलाई यो पुरस्कार प्रदान गरिएको आयोजक संस्था सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले जनाएको  छ । पत्रकार राई विगत ३० बर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँ आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) को अध्यक्ष पनि हुनुहुन्छ ।

यसैगरी यस बर्षको युगकवि सिद्धिचरण पुरस्कार सिस्नुपानी नेपाललाई प्रदान गरिएको छ ।

सामाजिक विकृति र विसंगति विरुद्ध आवाज उठाएर समाजलाई जागरुक गर्ने कार्य गरे वापत सिस्नुपानी नेपाललाई यो पुरस्कार प्रदान गरिएको हो ।

सिद्धिचरण श्रेष्ठको एक सय एघारौ जन्म जयन्तीको अवसरमा  काठमाण्डौमा आयोजित  कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले  पुरस्कार प्रदान गर्नुभएको हो ।

सिस्नुपानी नेपालललाई एक लाख राशीसहित प्रमाणपत्र र पत्रकारहरुलाई  जनही २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले समाज परिवर्तनका लागि सिद्धसचरण श्रेष्ठको योगदान सदा स्मरणीय रहेको बताउनुभयो ।

कार्यक्रममा प्राज्ञ वैरागी काइँला, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति डा गंगाप्रसाद उप्रेती,  प्रधान सेनापति प्रभुराम शर्मा र स्वर्गीय सिद्धिचरण श्रेष्ठका छोरा रविचरण श्रेष्ठ लगायतका वक्ताहरुले समाज परिवर्तनको नायकत्व समकालिन कविताको माध्यमबाट सिद्धिचरण  श्रेष्ठले  गर्नुभएको बताउनुभयो ।

बिस १९६९ मा जन्मिनुभएका युगकवि श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ लगायत अनेकौ प्रकृति प्रेम र झर्रा राष्ट्रवादी कविताहरु अहिले पनि जनजिब्रोमा छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.