मतगणनाको क्रममा भएको क्षति र फोहरका कारण विद्यालयको पढाई अवरुद्ध

पर्सा- लोकतन्त्रलाई बलियो र संविधानले दिएको मौलिक हकको रक्षाका लागि आवधिक निर्वाचन अनिवार्य शर्तको रुपमा रहेको छ ।
समयमा हुने निर्वाचनले प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउनुको साथै संविधान प्रद्धत्त अधिकार रक्षामा महत्वपूर्ण भुमिका खेल्दछ ।

नागकिरको अधिकारलाई सुरक्षित गर्   ने निर्वाचनकै कारण मौलिक हकको उपभोगमा बाधा सिर्जना भएको भन्दा कसैले पत्यार गर्दैन्न , तर यो सत्यहो । निर्वाच प्रकृयाका क्रम्मा विभिन्न पक्षले गरेको लापरवाहीका कारण पढ्न पाउने अधिकारबाट वीरगन्जमा बालबालिका बन्चित भएका छन् ।

मतगणनाको क्रममा भएको भौतिक क्षति तथा फोहरका कारण श्री नृसिंह माविको पठनपाठन अबरुद्ध भएको छ । मतगणनाका बेला खटिएका कर्मचारी, सुरक्षाकर्मी, उम्मेदवार र तिनका प्रतिनिधिबाट भएको भौतिक क्षतिको मर्मत सम्भार तथा फोहर व्यवस्थापन नहुँदा पठनपाठन हुन नसकेको हो ।

वीरगन्ज महानगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १ सय ६२ पदकालागि बैशाख ३० गते भएको मतदानपछि उक्त मतलाई गणना गर्न श्री नृसिंह माविलाई प्रयोग गरिएको थियो ।

मतगणना प्रकृयामा सहभागि भएकाहरुले विद्यालयको शौचालय, झ्याल, विजुलीको बोर्ड, पंखा, टेबल कुर्सीमा तोडफोड गरेका छन भने परिसरभरी नै गुटखा, पान, खैनी थुकेर फोहर गरेको विद्यलायका प्रधानाध्यापक विनोद मेहताले जानकारी दिनुभयो ।

उहाँले मतगणनाका क्रममा विद्यलायको करिब दश लाख रुपैयाँको भौतिक क्षति भएको छ भने पठन-पाठन र विद्यार्थी भर्नामा समेतमा असर परेको बताउनुभयो ।

विद्यालयमा भएको भौतिक क्षतिको सुची तयार पारी ब्रिग्रिएका तथा भत्किएका संरचनालाई र्ममत सम्भार गराईदिन सम्बन्धित निकायलाई पत्रचार गर्ने तयारीमा रहेको मेहताले जानकारी दिनुभयो ।

यसै विषयमा जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रंजिता झासंग बुझ्दा उहाँले मतगणनास्थलमा भएका भौतिक क्षेति र्ममतकालागि निर्वाचन आयोगले कुनै बजेट नपठाएको जानकारी दिदै विद्यलायले क्षतीको विवरण उलेखगरी निवेदन दिए आवस्य पहलका लागि निर्वाचन आयोगमा सिफारिस गरीदिने आश्वासन दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.