अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादित शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदले आपत्ति जनाउनुभएको थियो ।

सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर प्रस्तुत गरिएको शब्द हटाउन निर्देशन दिनुभएपछि प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.