८३४ कैदीको सजाय मिनाहा

काठमाडौँ- राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गर्नुभएको छ । मन्त्रिपरिषद्को जेठ १० र १३ गतेको सिफारिसमा गणतन्त्र दिवस, २०७९ को अवसरमा ती कैदीको सजाय माफी गरिएको हो ।

राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.