तारा एअरको विमान दुर्घटना, थप विवरण आउन बाँकी

विमानमा १९ जना यात्रु भएको जानकारी

काठमाडौँ- तारा एअरको विमान केहीबेर अघि दुर्घटनामा परेको छ ।

पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा  परेको हाम्रा कास्की संबाददाता रमेश पौडेलले जानकारी दिएका छन ।

विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ ।

हाम्रा कास्कीस्थित अर्का संवाददाता परशुराम शर्माका अनुसार विमानमा ४ जना भारतीय तथा २  जना जर्मन नागरिक छन र बाँकी सबै नेपाली यात्रु हुन ।

विमान आज विहान करिव १०: ३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन । जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.