तारा एअर दुर्घटना अपडेट : हेलिकोप्टरबाट खोजी कार्य जारी

पोखरा– तारा एअरको दुर्घटनामा परेको जहाज खोजी कार्य जारी छ ।

विहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज करिव १० बजेर ३० मिनेट जाँदादेखि सम्पर्कविहिन भएको थियो ।

सम्पर्कविहिन भएकै समयमा आकाशमा विष्फोटको आवाज सुनिएको र धुँवासमेत देखिएको जोमसोङका स्थानीयलाई उद्दत गर्दै हाम्रा कास्की संवाददाता रमेश पौडेलले नेपालटिभीअनलाइनलाई जानकारी दिएका छन ।

स्थानीयको सूचनालाई आधार मानेर अहिले हेलिकोप्टरबाट दुर्घटनामा परेको विमानको खोजी भइरहेको पोखरा विमानस्थलका अधिकारीहरुहरुले जनाएका छन ।

जहाज  पोखराबाट जोमसोङतर्फ उडेको थियो।

विमानमा ३ जना चालक दलका सदस्यसहित ६ जना विदेशी र बाँकी नेपाली यात्रु छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.