तारा एअर दुर्घटना अपडेट: मुस्ताङको घाँसा र लेतेमा बाक्लो कुहिरो, खोजी कार्यमा कठिनाइ

म्याग्दी- आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज अहिलेसम्म भेटिएको छैन । बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एअरको नाइन एनएईटी ट्वीनअटेर जहाज सम्पर्कविहिन भएको हो ।

केहीबेर अघि मुस्ताङको जोमसोङबाट खोजी कार्यमा उडेको फिस्टेल एअरको हेलिकोप्टर खराव मौसमका कारण दुर्घटनास्थलमा जान नसकेको र पुन: जोमसोङमा नै फर्केको प्रहरीलाई उद्दत गर्दै हाम्रा कास्की संवाददाता रमेश पौडेलले जानकारी दिएका छन । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टर पनि खोजी कार्यका लागि मुस्ताङको जोमसोङतर्फ जान लागेको छ ।

अहिले पनि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्र, मुस्ताङको घाँसा र लेते क्षेत्रमा बाक्लो कुहिरो लाग्नुका साथै सिमसिम पानी परिरहेको हुँदा खोजीकार्यमा समस्या भैरहेको प्रहरीले जनाएको छ ।

केहीबेर अघि जहाजको खोजीकार्यका लागि हेलिकप्टर उडिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले टेलिफोनमा जानकारी दिनुभएको थियो । उ

प्रजिअ शर्माले भन्नुभयो– ‘पोखराबाट जोमसोमका लागि भनेर उडान भरेको सम्पर्कविहिन जहाजको खोजीका लागि हेलिकोप्टर उडिरहेको छ ।’ सम्पर्कविहिन जहाजको खोजी गर्नका लागि मुस्ताङको आकाशमा हेलिकप्टर उडाइएको हो ।

पोखराबाट आधा घण्टाको दूरीमा पुग्न सकिने जोमसोम विमानस्थलमा जहाज पुग्नु अघि आकाशमा विष्फोटको आवाज आएको जोमसोङका स्थानीयलाई उदृत गर्दै हाम्रा स्थानीय संवाददाताहरु कास्कीबाट रमेश पौडेल र म्याग्दीबाट प्रताप बानियाँले नेपालटिभीअनलाइनलाई जानकारी दिएका छन।  जहाजमा चालक दलका तीन जनासहित १९ जना यात्रु सवार थिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.