हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

पोखरा– आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभएको हो ।

मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभयो । विमानमा अहिले पनि आगो लागिरहेको छ ।

बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.