बार्षिक ३० प्रतिशतले रोजगारी बृद्धि गरिने

काठमाडौं- सरकारले प्रत्येक बर्ष ३० प्रतिशतले रोजगारी बृद्धि गर्ने योजनासहित वजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुहुँदै नेपालको बेरोजगार दर घटाउने योजना सार्वजनिक गर्नुभएको हो ।

यसैगरी  चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अर्थमन्त्रीले जानकारी दिनुभएको छ ।

उहाँले यस वर्षको बजेट कोभिड–१९ महामारी नियन्त्रण, जनस्वास्थ्यको रक्षा र आर्थिक तथा सामाजिक जीवनस्तर सुधारमा लक्षित रहने पनि बजेट वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

बजेटको उद्देश्य उत्पादनमा आधारित हुनेछ, बजेटका प्राथमिकता कृषि क्षेत्रको रुपान्तरणमा केन्द्रित हुने, उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरेर गरिबी न्यूनीकरण गरिने, भूमिहीन र दलितलाई आगामी तीन वर्षभित्र भूमि उपलब्ध गराउने  रहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.