संसदको निर्वाचनसम्म गठबन्धन : अध्यक्ष प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनभित्र पार्टीले संघर्षको स्वरुप बदल्नुपर्ने बताउनुभएको छ । स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बुधबार यहाँ प्रशिक्षण कार्यक्रममा बोल्नुहुदै उहाँले जुन उद्देश्यकासाथ गठबन्धन भयो त्यो उद्देश्य कायमै रहेको तर माओवादी अलि उदार र गठबन्धनप्रति नै बढी भरोसा गरेको बताउनुभयो ।

गठबन्धन भएपछि त जितिहालिन्छ भन्ने र आफ्नै शक्तिमा भरोसा कम भएको देखिएको उहाँले बताउनुभयो । संसदको निर्वाचनसम्म गठबन्धनलाई थप प्रभावकारी बनाउँदै लग्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । “जनताको भरोसाका बलमा एक सय २२ मा छौं । देशलाई कता मोड्ने हो त्यतै मोड्ने तागतसहित छौं । हामी दोस्रो हुन पुरै सम्भव थियो । तर, गठबन्धनमा भनेकोजस्तो भएन । महानगर र उपमहानगरमा निकै बल गरेर गरियो” उहाँले भन्नुभयो ।

यससँगै विगतको पाँच वर्षमा भूमिका असाध्यै कमजोर रहेकाले यसपटक जनप्रतिनिधिले पार्टीको वैचारिक, राजनीतिक उद्देश्यअनुरुप कसरी काम गर्ने भनेर यसखाले प्रशिक्षण कार्यक्रम गरिएको उहाँको भनाइ छ ।

जनप्रतिनिधिले काम गर्ने तरिका, प्रणाली के हो ? जनतामा हाम्रो पार्टीको पहिचान स्थापित गर्ने तरिका के हो ? भनेर सुरुमै प्रशिक्षित कार्यक्रम राखिएको उहाँले बताउनुभयो । पालिका तहको नीति, कार्यक्रम र बजेट निर्माणको प्रक्रिया पनि सुरु हुने भएकाले केन्द्रीय समितिको बैठकभन्दा पनि यस कार्यक्रमलाई जोड दिइएको उहाँले बताउनुभयो ।

पार्टीलाई क्रमशः पहिचानको संकट आउन थालेको समेत बताउनुहुँदै उहाँले ब्याख्या, विश्लेषण गर्दा क्रान्तीकारी भएपनि अरु संसदवादी पार्टी र माओवादीबीचको अन्तर मेटिदैगएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.