कर्मचारी समायोजनसम्बन्धी विवाद बृहत् पूर्ण इजलासमा

काठमाडौं- सर्वोच्च अदालतमा कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त विवादको सुनुवाइ बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि पठाएको हो ।

न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासको रायमा फरक मत आएपछि उक्त विवादलाई बृहत् पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

समायोजन संविधान र कानूनअनुसार नभएको उल्लेख गर्दै ९९ वटा रिट निवेदन सर्वोच्च अदालत परेको थियो । उक्त निवेदनमाथि सुनुवाइपछि बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.