पर्वतका सातवटै स्थानीय तहको कार्यपालिका निर्वाचनमा एमाले विजयी

पर्वत- जिल्लाका स्थानीय तहको कार्यपालिका निर्वाचनमा नेकपा(एमाले) विजयी भएको छ । सात स्थानीय तहमध्ये दुई पालिकामा प्रमुख र पाँच उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको उक्त दलले सबै स्थानीय तहका कार्यपालिकाअन्तर्गत भएको निर्वाचनमा विजयी भएको हो । उपप्रमुख मात्र जितेको कुस्मा नगरपालिकामा एमालेबाट दलित तथा अल्पसङ्ख्यकतर्फ शिवलाल सार्की, गोपाल विश्वकर्मा, लखन सुनार, खुल्ला महिलातर्फ दुर्गा कुमारी शर्मा, सविता विक, रीताकुमारी विक, सुधा गुरुङ र विन्दुकुमारी पौडेल निर्वाचित हुनुभएको छ ।

त्यस्तै प्रमुख र उपप्रमुख हारेको फलेवास नगरपालिकामा महिलातर्फ दुर्गा शर्मा, भगवती पौडेल, सावित्रा शर्मा, सुनिता शर्मा, कला नेपाली र खुल्ला दलित तथा अल्पसङ्ख्यक तर्फबाट नेत्र विश्वकर्मा, बाबुराम विश्वकर्मा र चन्द्रबहादुर नेपाली एमालेबाट कार्यपालिकामा निर्वाचित हुँदा एकल बहुमत भएको छ ।

त्यस्तै पैंयू गाउँपालिकामा महिलातर्फ शर्मिला नेपाली, चन्द्रकला न्यौपाने, उमादेवी विक, मिठु क्षेत्री र दलित तथा अल्पसङ्ख्यकतर्फ फुलमाया विक र बबिता हिताङ निर्वाचित हुनुभएको छ । महाशिला गाउँपालिकामा खुल्लातर्फ विष्णुराम विक, झलक नेपाली र महिला, दलित तथा अल्पसङ्ख्यकतर्फ जयकली मल्ल, निरु नेपाली, हुमकुमारी पौडेल क्षेत्री र गीता विक निर्वाचित हुनुभएको हो ।

जलजला गाउँपालिकामा खुल्लातर्फ बबी सुवेदी, मायाकुमारी भुसाल, सुनिता खत्री, विमला बरुवाल खत्री र दलित तथा अल्पङ्ख्यकमा भीमबहादुर दमै र भीमसेनबहादुर बराइली निर्वाचित हुनुभएको छ भने मोदी गाउँपालिकामा महिलातर्फ लक्ष्मी विक, कृष्णकुमारी मल्ल, शान्ता आले र सन्तोषी विक तथा दलित तथा अल्पसङ्ख्यकतर्फ रीता सुनार विक र डिलमाया नेपाली निर्वाचित हुनुभएको छ ।

विहादी गाउँपालिकामा महिलातर्फ माया विक र तुलसी सुनार तथा दलित तथा अल्पसङ्ख्यकतर्फ यामकला नेपाली, कमला कुमारी परियार, सविता गुरुङ, विष्णु भुसाल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । जिल्लाका कुनै पनि पालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्न सकेनन् । स्थानीय चुनावमा निर्वाचित ३१९ जनप्रतिनिधिमध्ये एमाले २०६, कांग्रेस ८६, माओवादी २२ र अन्य स्वतन्त्र र साना दलले जितेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.