बलात्कारमा हदम्याद हटाउन सांसदहरूको माग

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफल जारी रहेको छ ।

छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले बलात्कारका सम्बन्धमा हदम्याद हटाउनुपर्ने बताउनुभयो । त्यसैगरी सांसद सरिताकुमारी गिरीले यौनजन्य हिंसाका अपराधीहरूलाई कडा कारबाही गरिनुपर्ने बताउनुभयो ।

सांसद प्रकाश रसाइलीले यौनहिंसाका घटनामा संलग्नलाई कडा कारबाही हुने गरी कानून बनाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा सांसद चाँदताराकुमारीले बलात्कारमा हदम्यादका कारण पीडितले न्याय नपाउने गरेको बताउनुभयो ।

बैठकमा यस अघि बैठकमा सांसदहरुले समसामयिक विषयमा आफ्ना धारण राख्नुभएको थियो । यसपछि बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.