राज्यमन्त्री वलीलाई कारबाहीकाे माग गर्दै प्रहरी कार्यालय अगाडि धर्ना

दाङ-  लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई कारबाहीकाे माग राख्दै स्थानीय महिलाहरुले इलाका प्रहरी कार्यालय तुलसीपुर अगाडि धर्ना दिएका छन । महिलाहरुले मन्त्री वलीविरुद्ध नाराबाजी पनि गरेका छन ।

मन्त्री वलीले महिला र बालिका माथि हातपात गरेकाे आराेप लागेकाे छ । महिला माथि हातपात गरेकाे अभियाेगमा उहाँलाई प्रहरीले   नियन्त्रणमा लिएको हाे ।

तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उहाँको श्रीमती र छोरीलाई हातपात गरेकाे आराेप  मन्त्री वलीमाथि लागेको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उहाँलाई थुनेर राखेका थिए ।

प्रहरीले अहिले विमला वलिलाई इलाका प्रहरी कार्यालयमा राखेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.