दोलखा जिल्ला समन्वयको प्रमुखमा माओवादी केन्द्रका घतानी निर्वाचित

 दोलखा- दोलखामा जिल्ला समन्वय समितिकाे प्रमुखमा नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) निर्वाचित भएका छन । उहाँले एमालेका ऋषिकेश उप्रेतिलाई पराजित गर्नुभएको हो ।

त्यसैगरी, जिल्ला समन्वय समितिकाे उपप्रमुखमानेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा बिजयी भएका छन । उनीहरू दुबै जना गठबन्धनका साझा उम्मेदवार हुन । जिससको सदस्यमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पा निर्वाचत हुनुभएको छ ।

निर्वाचनमा गठबन्धन दल र एमालेका १९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जिससको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा भएको थियो ।

दोलखाका ९ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी १८ जनाले जिससको पदाधिकारी चयन गर्न मतदान गरेका थिए जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, कम्तिमा तीन महिला सदस्य र कम्तिमा एक दलित वा अल्पसंख्यक सदस्य रहने गरी ६ देखि ९ सदस्यसम्म रहने व्यबस्था छ ।

जिससको निर्वाचनमा जिल्लाका ९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख गरी १८ जना मतदाताले मतदान गरेका थिए। गठबन्धनका उम्मेदवारले ११ मत ल्याएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.