प्रेस युनियन काभ्रेको अध्यक्षमा अधिकारी

काभ्रे- नेपाल प्रेस यूनियन काभ्रेपलाञ्चोकको आज सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा नगेन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । उहाँको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संस्थाको उपाध्यक्षमा देवराज केसी र महिला उपाध्यक्षमा सम्झना हुमागाईँ, सचिवमा शुभराज अधिकारी, सहसचिवमा सचित खड्का, समावेशी सहसचिवमा इन्द्रबहादुर थापा र कोषाध्यक्षमा सरोज अधिकारी रहनुभएको छ ।

यस्तै कार्यसमिति सदस्यहरूमा क्रमशः राजन दाहाल, रोशन पौडेल, पुजन धिताल, रवि धिताल, शोभा हुमागार्इँ, पुरुषोत्तम ढकाल, विपाश्ना शाक्य, भक्त दाहाल, ज्योती श्रेष्ठ, रामचन्द्र रम्तेल र रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ ।

सम्पन्न युनियनको अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । जसमा भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, प्रदीप केसी, बद्रीराज तिमल्सिना, कपिल कोइराला, रघुनाथ हुमागाई, शङ्कर अधिकारी, शिव दाहाल, ज्ञानमणि नेपाल, सूर्य लाकाजु, शिखर चिमौरिया, कविता शर्मा र इन्द्रलक्ष्मी घिमिरे रहनुभएको छ ।

त्यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा नवराज सापकोटा, मोहनकृष्ण तिमल्सिना, सरोज सापकोटा, पुरुषोत्तम ढकाल, हीराकाजी लामा, दुर्गा घलान, राजेन्द्र तिमल्सिना, सुमन गिरी, सनम सुवाल, सन्तोष तिमल्सिना, रोशन तिमल्सिना, दिलीप आचार्य, दीपक चौलागाईँ र जानुका खनाललाई सम्र्वसम्मत चयन गरेको छ । सो अवसरमा नेपाली कांग्रेस जिल्ला सभापति तीर्थ लामाले नवनिर्वाचित समितिलाई स्वागत तथा सम्मान गर्दै प्रेस युनियनलाई गतिशील ढङ्गले अगाडि बढाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.