मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दिंदा २ जनाको मृत्यु

दाङ- दाङको घोराहीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाईते भएका छन् । हिजो राती ९ बजे तिर सौडियारबाट घोराही तर्फ आउँदै गरेको मोटरसाईकलले घोराही ७ बेसाही नजिक २ वटा साईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ३५ वर्षिय गंगा बहादुर कवर र साईकलयात्री सोही वडाका १६ वर्षिय रितेश केसी रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, घाईते हुनेमा मोटरसाईकलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षिय बसन्त चौधरी र अर्का साईकलयात्री सोही ठाउँका १५ वर्षिय बिनोद भण्डारी रहेको छन् ।

बसन्तको मुख, नाक र टाउँकोमा चोट लागेको छ भने अवस्था गम्भिर रहेको डिएसपी रिजालले जानकारी दिनुभयो । अर्का घाईते बिनोदको हात र खुट्टा चोक लागेको छ भने अवस्था मध्यम रहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.