मङ्सिर २१ गते आसपास चुनाव : मन्त्री चौधरी

घोराही- सहरी विकासमन्त्री मेटमणी चौधरीले राजनीतिक सहमतिका आधारमा सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । दाङको लमहीमा सञ्चारकर्मीहरुसँग मन्त्री चौधरीले आउँदो मंसिरमा निर्वाचन गर्नेगरी छलफल भैरहेको बताउनुभयो ।

निर्वाचनबारे दलहरुवीच सहमति भए पनि सरकारले केही दिनमा आधिकारिक रुपमा मिति घोषणा गर्ने उहाँले बताउनुभयो । ‘वर्तमान सरकारको अवको ध्यान भनेको समयमै सङ्घीय र प्रदेशसभा निर्वाचन गराउने हो’, मन्त्री चौधरीले भन्नुभयो, ‘सरकारको ध्यान पनि निर्वाचनमा केन्द्रित छ ।

मङ्सिरको २१ गतेलाई आधार मानेर वरिपरिको मितिमा निर्वाचन घोषणा हुनसक्ने उहाँले बताउनुभयो । मन्त्री चौधरीले संवैधानिक व्यवस्थाअनुसार समयमै निर्वाचन गराउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.