माओवादी केन्द्रीय कार्यालय बैठकः सांगठनिक प्रस्तावको जिम्मा अध्यक्षलाई

काठमाडौं- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को सांगठनिक प्रस्तावको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ।

मंगलबार खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सो निर्णय गरेको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो।

माओवादी केन्द्रको आज पनि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगितपछि नेताहरु केन्द्रीय कार्यालयको बैठकमा जुट्नुभएको थियो।

“पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेको छ, पोलिट्ब्यूरो, स्थायी समिति र पदाधिकारीको विषयमा सम्पूर्ण जिम्मा अध्यक्षलाई दिएर संगठनात्मक प्रस्ताव तयार गर्ने निर्णय भयो”, उहाँले भन्नुभयो।

यहाँले केन्द्रीय कार्यालयका सबै सदस्यको सुझावका आधारमा अध्यक्ष दाहालले सो प्रस्ताव तयार गर्नुहुने बताउनुभयो।

शर्माका अनुसार अर्थमन्त्री जनार्दन शर्माको विषयमा प्रतिनिधिसभा संसदमा प्रतिपक्षी दलले आवाज उठाए पनि त्यसतर्फ आजको बैठकमा कुनै ठोस छलफल भएन।

उहाँले भन्नुभयो, “त्यो विषय प्रतिपक्षीले उठाएका हुन्, त्यसमा छलफल भएन, ठोस प्स्ताव तयार गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको हो।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.