त्रिभुवन विश्वविद्यालयको साखलाई बचाउन आवश्यकः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइ राख्नु सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनु भएको छ ।

त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका अध्यक्ष देउवाले सभालाई सम्बोधन गर्दै शुक्रबार यस्तो विचार राख्नुभएको हो ।

आजभन्दा ६३ वर्ष पहिले मुलुकमा उच्चशिक्षाको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले स्थापित त्रिभुवन विश्वविद्यालयले अनेक आरोहअवरोह पार गरेको छ । यस अवस्थासम्म आइपुग्दा मुलुकमा लाखौंको सङ्ख्यामा दक्ष र उच्च जनशक्ति विकास गरी राष्ट्रको समग्र आर्थिक सामाजिक विकासमा अतुलनीय योगदान पु-याएको छ ।

प्रधानमन्त्रीले विश्वविद्यालयका समस्त प्राज्ञिक वर्ग, पदाधिकारी, कर्मचारी तथा विद्यार्थीहरूलाई उहाँहरूले विश्वविद्यालयको विकास, विस्तार र स्तरोन्नतिमा निर्वाह गरेको भूमिकाका लागि आभार व्यक्त गर्नुभएको छ ।

विश्वविद्यालयका अध्ययन संस्थान र सङ्कायहरुबाट विभिन्न विषयमा आवश्यक मापदण्ड पूरा गरी तोकिएको परीक्षासमेत उत्तीर्ण भई ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीहरूको ग्रेस लिस्ट पारित गर्न बसेको आजको सभामा प्रधानमन्त्रीले विभिन्न विषय र तहको उच्च उपाधि प्राप्त गर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उहाँहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.