दाङ देउखुरीकाे अधिकांश क्षेत्र जलमग्न

दाङ – लगातार पानी पर्दा दाङ देउखुरीका अधिकांश स्थल जलमग्न भएका छन ।

पानीकाे उचित निकास नभएपछि बस्तिमा पानी पस्न थालेकाे हाे । राप्ती गाउँपालिका वाडा नम्बर ६ काे वडा कार्यालय आसपासमा समेत पानी जमेकाे छ ।

राप्ती सानाे नदिकाे बाढी बस्तिमा पसेपछि स्थानीय भाेसु चाैधरी र बहादुर चाैधरीकाे कच्ची घरमा क्षति पुगेकाे छ । बाटाे किनारका केही घरहरुमा पानी पसेकाे छ ।

वडा नम्बर ७ काे छाेट्की सिसहनियाँमा दुईवटा घरमा पानी पसेकाे छ । नवीन चाैधरी र श्याम सुवेदीले सञ्चालन गरेकाे किराना पसल भित्र पानी पस्दा सामानहरु भिजेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.