चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आइपुग्नुभएको छ ।

चार दिने भ्रमणको क्रममा जियानचाओ आइतबार त्रिभूवन विमानस्थल ओर्लिनुभएको हो । नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

जुन पहिलो सातादेखि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो विदेश भ्रमण हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.