बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमाले विजयी

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ।
एमालेका रणबहादुर बानियाँ १००३ मतको फराकिलो अन्तरले विजयी हुनुभयो । उहाँ ४७ सय ७७ मतसहित विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७ सय ७४ मत पाउनुभयो ।
उपमेयरमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का (कुँवर) ४७ सय २७ मतसहित विजयी हुनुभयो । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीताकुमारी शाहीले ३७ सय ५५ मत पाउनुभयो ।
१० वटा वडा रहेको बुढीगंगामा एमालेले सातवटा र कांग्रेसले तीनवटा वडामा जित निकालेको छ ।
वैशाख ३ गते भएको निर्वाचनमा कांग्रेस र एमाले दुवैले बुथ कब्जा गरेको दाबी गरेपछि पुनः निर्वाचन भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्