सांसदहरुको प्रश्न- एमालेका सदस्य ‘एम अधिकारी’ गभर्नर महाप्रसाद अधिकारी हुन् कि होइनन् ?

काठमाडौँ- प्रतिनिधि सभाको आजको शुन्य समयमा सांसदहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको पार्टी सदस्य भएको भन्ने विषय सत्य हो या होइन यकिन गर्न आग्रह गर्नुभएको छ ।

सांसदहरुले खोटाङ जिल्ला नेकपा एमालेको सदस्यको रुपमा एम अधिकारीको नामबाट गभर्नर महाप्रसाद अधिकारीको सदस्यता रहेको विषयमा जानकारी माग गर्नुभएको हो ।

नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले देशमा बढ्दो आर्थिक समस्या समधान गर्न र राष्ट्र बैंकले शेयर बजारलाई व्यवस्थित गर्न भनेर ल्याएको ४/१२ को नियम प्रभावकारी नभएकोले पुनर्विचार गर्न गभर्नर एमालेका सदस्य एम अधिकारीलाई होइन, गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गर्दछु भन्दै व्यंग्यात्मक विरोध गर्नुभयो ।

माओवादी केन्द्रका सांसदहरुले एम अधिकारीको नामबाट एमाले सदस्य रहेका गभर्नर नै भएको पुष्टि भएको दावी गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.