गठबन्धनबाट उपसभामुखमा पुष्पा भूसालको उम्मेदवारी दर्ता

काठमाडौं– सत्तारूढ गठबन्धन दलहरूको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भूसाल (गौतम) ले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिनुभएको छ।

भूसालको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक हुनुहुन्छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो ३ बजे गर्ने गरी निर्वाचन मिति र समय निर्धारण गर्नुभएको थियो ।

शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्नुहुनेछ । साथै समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

२०७६ साल माघ ६ गते तत्कालिन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि नयाँ चयन हुन सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.