डाक्टर भट्टराईसहित नौ जना जसपाको पदीय हैंसियतबाट मुक्त

पर्सा- डा. बाबुराम भट्टराईसहित ९ जना केन्द्रीय पदाधिकारीहरुलाई जनता समाजवादी पार्टी नेपाल ( जसपा)को सबै जिम्मावारीबाट मुक्त गरिएको छ ।

वीरगन्जमा जारी दुई दिने केन्द्रीय समितिको बैठकले पार्टीको हित र विधान विपरितको कार्य गरेको भन्दै भट्टराई सहितका केन्द्रीय पदाधिकारीहरुलाई पार्टीको पदीय जिम्मेवारबाट मुक्त गर्ने निर्णय गरेको हो ।

जसपा नेपालले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको नीति तथा सिद्धान्त र विधान विपरितको कार्य गरेकाले डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, प्रसान्त सिंह, रमेश यादव, हिसिला यमी, भगतबहादुर साहसहित ९ जनालाई पदमुक्त गरिएको जानकारी दिनुभयो ।

उहाँले केन्द्रीय समितिको बैठकले सर्वसम्मत रुपमा पार्टीका वरिष्ठ नेता असोक राईलाई पार्टीको संघीय परिषद अध्यक्षमा चयन गरेको बताउनु भयो ।

बैठकले आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा काँग्रेस सहितको पाँच दलीय गठबन्धनमा नै जसपा रहने निर्णय गरेको जानकारी अध्यक्ष यादवले दिनुभयो ।

अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति पुनर्गठन र विधान संशोधन गर्ने निर्णय भएको पनि बताउनुभयो ।

दुई दिनसम्म संचालन भएको केन्द्रीय समिति बैठकले आगामी निर्वाचनका लागि संगठनको सबै तहमा तयारी गर्ने निर्णय गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

बाबुराम लगायतका व्यक्तिहरुले गल्तिलाई स्वीकार गद्रै आत्मलोचना गरी आए पार्टीको ढोका खुल्ला राखेको अध्यक्ष यादवले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सहभागी नव नयुक्त संघीय परिषद अध्यक्ष राईले पार्टीको घोषित लक्ष्य उदेश्यलाई कुनै पनि आँच आउन नदिन केन्द्रीय समिति बैठकले राजनीतिक, नीतिगत तथा संगठनात्मक निर्णयहरु गरेको जानकारी दिनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.