अझै खुलेन उत्तरी गोरखाका दुई नाका

गोरखा- गोरखा जिल्लाका हिमालपारीका प्रमुख दुई सिमा नाका बिगत तीन बर्षदेखि बन्द छन । उत्तरी सिमा नाका बन्द हुँदा त्यहाँका स्थानीयले समस्या भोग्नु परेको छ ।

कोरोनाको कारण देखाई छिमेकी मुलुक चीन सरकारले एकतर्फी रुपमा सामा गाउँको रुईला नाका र छेकम्पारको ङुइला सिमानाका बन्द गरेको थियो ।

कोरोनाको संक्रमण कम भएर सबै क्षेत्र सुचारु भएपनि यी दुई नाका खुलाउने प्रयास भने कतैबाट भएको छैन ।

मुख्य नाकाहरु बन्द भएपछि यी क्षेत्रका बासिन्दाहरुलाई आवतजावतमा समस्या परेको छ ।

झन अहिले बर्षातको कारणले जिल्लाभित्रैकै बाटो पनि पहिरोले बगाएपछि त एक गाउँ र अर्को गाउँबीचको सम्बन्ध नै बिच्छेद जस्तै भएको छ । पहिरोले बाटो बगाउँदा चुमनुब्रि गाउँ पालिकाको सामागाउँ , प्रोक लगायतका स्थानीयलाई समस्या परेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.