विष्णुमती, धोवीखोला जलाधार क्षेत्रमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं- काठमाडौंको विष्णुमती, धोवीखोला जलाधार क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले विष्णुमती, धोवीखोला जलाधारमा भारी वर्षा भएको भन्दै सतर्क रहन विष्णुमती, धोवीखोला बस्तीका नागरिकलाई आग्रह गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार दिउँसो सूचना जारी गर्दै धोवीखोला र विष्णुमतीको पानी बस्ती र सडकसम्म आउन सक्ने भएकाले साँझ तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

महाशाखाका अनुसार विष्णुमती गोङ्गबु बसपार्क बाढी मापन केन्द्रमा जलसहत करिब १.५ मिलिमिटरले बढेको छ ।

त्यस्तै, महाशाखाले सोमबार दिउँसो ११५५ बाट मोबाइलमा सूचना पठाएर त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

सूचनामा भनिएको छ, ‘‘पछिल्लो १ घण्टा काठमाडौंको विष्णुमती, धोवीखोला जलाधारमा भारी वर्षा मापन भएको छ, विष्णुमती गोंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिब १.५ मिटरले बढेको छ, विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्छ, आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं ।’’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.