सुनकोसी नदीमाथिको पक्की पुल निर्माण सम्पन्न

ओखलढुङ्गा- सिन्धुलीको फिक्कल र ओखलढुंगाको चम्पादेवी गाउँपालिका जोड्ने नवलपुरघाटस्थित सुनकोसी नदीमाथिको पक्की पुल निर्माण सम्पन्न भएको छ ।

अघिल्लो वर्ष यसै समयमा ढलान हुँदै गरेको पुल बाढीले भत्काइदिएपछि यसवर्ष पुन: निर्माण भएर पुल सम्पन्न भएको हो ।

२ सय १० मिटर लामो यो पुल २०७४ सालमा ठेक्का लागेको थियो । करिब २३ करोडको लागतमा सडक डिभिजन कार्यालय मार्फत् चुँदी कन्ट्रक्सनले पुल निर्माणको गरेको हो ।

बहुप्रतीक्षित यो पुल सम्पन्न भए पनि उद्घाटन हुन भने बाँकी छ । पुलका कारण ओखलढुंगाको चम्पादेवी र लिखु गाउँपालिकाका बासिन्दालाई राष्ट्रिय राजमार्गसँग जोडिएर आवतजावत गर्न सहज हुने भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.