खुकुरी प्रहारबाट ३ जना घाईते, एकजनाको अवस्था गम्भीर

सुदुरपश्चिम- कञ्चनपुरको पुनर्वासमा खुकुरी प्रहारबाट तीनजना घाईते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको छ ।

मोतिबस्तीका टेक बहादुर सार्कीले खुकुरी प्रहार गर्दा पुनर्वास न.पा. २ अमरैयाका ४७ बर्षिय बिरासिँह राना, ३८ बर्षिया मधु महता र ४५ बर्षिया धनसरा रावत घाईते भएका हुन् ।

मधु महताको अवस्था गम्भीर रहेको बिएम पोलिक्लिनिकका डाक्टर सागर केसीले बताउनु भयो । बिरासिँह र धनसराको बिएम पोलिक्लिनिकमा उपचार भईरहेको र गम्भीर रहेकी मधुलाई धनगढीस्थित निसर्ग अस्पताल लगिएको डाक्टर सागर केसीले जानकारी दिनु भयो ।

पसलमा बसेका बेला बिनाकारण एक्कासी आएर अन्धाधुन्ध खुकुरी प्रहार गरेकफ घाईते बिरासिँह रानाकी पत्नी हरदसो रानाले बताउनु भयो ।

खुकुरी प्रहार गर्ने टेकबहादुर सार्कीलाई नियन्त्रणमा लिईसकेको र आवश्यक कारबाही प्रकृया अगाडी बढाईने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका बरिष्ठ प्रहरी नायब निरिक्षक गोपाल बोहराले जानकारी दिनु भयो ।

खुकुरी हान्ने टेकबहादुर मानसिक रोगी भएको स्थानियबाट जानकारी पाएको प्रहरीले जनाएको छ । यद्यपी मानसिक रोगी भएको नभएको बारे मेडिकल रिपोर्टबाट मात्र सत्यतथ्य खुल्ने प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.