काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि

काठमाडौं- काठमाडौंका थप तीन जनामा हैजा पुष्टि भएको छ । मङ्गलबार गरिएको परीक्षणमा थप तीन जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ३४ पुगेको छ । असार दुई गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो। एक महिनाको अन्तरालमा ३४ जनामा हैजा पुष्टि भैसकेको छ।

हैजा पुष्टि हुने सङ्ख्या सबै भन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका छन् । सो उमेर समूहका १० जनामा हैजा पुष्टि भएको छ ।

भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा संक्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउछन् । पानी उमालेर पिउने, बासी फोहोर पानी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिशा, पिसाब गरेपछि राम्रोसँग मिचिमिचि साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने चिकित्सकको भनाइ छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.