कोरोनाले बन्द भएको ऐतिहासिक चलचित्र हल पुनः संचालनमा आउने

काठमाडौं- कोरोना महामारीका कारण तीन वर्षयता बन्द रहेको पाल्पास्थित सन्तोष चलचित्र हल पुनः सञ्चालनमा आउने भएको छ । पश्चिम नेपाकै पुरानो मानिने पाल्पा सदरमुकामा रहेको हलको स्तरोन्नतिपछि पुनः सञ्चालनको तयारी भएको हो ।

वि.सं. २०२४ सालदेखि सञ्चालनमा आएको ‘सन्तोष चलचित्र हल’ २०७६ चैतदेखि बन्द भएको थियो । कोरोनाका बेला बन्द भएको हलको हाल स्तरोन्नतिको काम चलेको हुँदा हलका सञ्चालक सर्जुमान लिगलले बताउनुभयो ।

पहिलेकै अवस्थामा हल चल्ने नसक्ने कारण दर्शक तान्न केही आरामदायी र सुविधासम्पन्न बनाउने काम भइरहेको हल संचालकको भनाई छ ।

लामो समयदेखि हल बन्द हुँदा चलचित्र हेर्नका लागि बुटवलसम्म झर्नुपर्ने बाध्यतामा रहेका चलचित्र प्रेमीहरुले अब भने जिल्लामै हल संचालन हुने भएपछि खुसी भएका छन् । हल संचालकका अनुसार आउदो दशैंसम्ममा स्तरउन्नतीको काम सकेर हल संचालन हुनेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.