व्याज र प्रतिफल योगदानकर्ताको खातामा

काठमाडौं- सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०७७÷७८ को योगदान रकमबाट प्राप्त व्याजका साथै एक प्रतिशत प्रतिफल रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ । कोष सञ्चालक समितिको बैठकले वृद्धावस्था सुरक्षा योजनामा योगदान गर्ने योगदानकर्ताको अघिल्लो आवको योगदान रकमको ६ दशमलव ७५ प्रतिशत व्याज र थप एक प्रतिशत प्रतिफल थप गर्ने निर्णय गरेको थियो ।

कोषले कोरोना महामारीको समयमा सरकारका तर्फबाट योगदानकर्ताको खातामा जम्मा गर्नुपर्ने योगदान रकमको बाँकी अंशसमेत जम्मा गरिदिएको छ । योगदानकर्ताको खातमा बाँकी १६ प्रतिशत रकम जम्मा गरिएको कोषका निर्देशक कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

सरकारले कोभिडबाट सताइएका योगदानकर्ता र रोजगारदाताका तर्फबाट कोषमा जम्मा गर्नुपर्ने २०७८ वैशाख र जेठ महिनाको योगदान रकम कोषमा जम्मा गरिदिने निर्णय गरेको थियो । दुई महिनाको योगदान रकमको ८४ प्रतिशत रकम यसअघि नै कोषले योगदानकर्ताको खातामा जम्मा गरिदिएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.