पुष्पलालको प्रेरणाले सबल भएको एमाले: अध्यक्ष ओली

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले दिनुभएको योगदानको प्रेरणा लिएर आज यस ठाउँमा आइपुगेको बताउनुभएको छ । ४४औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना भएको कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालले देखाएको सत्कर्मकै कारण एमाले आज यस स्थानमा आइपुगेको बताउनुभयो ।

पुष्पलालले पुर्‍याउनु भएको योगदानकै कारण आज सचेत सङ्गठित, विस्तृत परिवर्तनकारी सबैभन्दा सबल शक्तिका रुपमा एमाले रहेको दाबी अध्यक्ष ओलीले गर्नुभयो । कार्यक्रममा पुष्पलाल र अरू शहीदहरूले देखाएको बाटोबाट अलि कति पनि विचल्लित नभईकन ‘समृद्ध नेपाल, सुखी नेपाली’ र स्वतन्त्र नेपाल बनाएर छोड्ने सङ्कल्प उहाँले पुनः दोहोर्‍याउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “अग्रजलाई सम्मान गरिहँदा फराकिलो मनको साथ अगाडि बढ्नुपर्छ ।” उहाँले कार्यकर्तालाई पुष्पलालका काम, विचार, योगदनको प्रेरणा लिएर अघि बढ्नु आग्रह गर्नुभयो ।

पुष्पलालको जीवनको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा उहाँले पु¥याएको योगदानको स्मरण गर्नुभएको थियो । सोही अवसरमा अन्य विभिन्न पार्टीबाट करिब २० जना एमालेमा प्रवेश गर्नुभएको थियो ।–

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.