पाल्पाको लघुवामा बस दुर्घटना : ६ जनाको मृत्यु, १७ घाइते

पाल्पा- पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

आज साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट तल खसेको थियो ।

अध्यक्ष पोखरेलका अनुसार दुर्घटनामा परेकाहरुको प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य जारी छ ।। (गोरखापत्र अनलाइनबाट)

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.