डोल्पामा बाढीले पुल बगाएपछि आवत-जावत बन्द

डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ अन्तर्गत पर्ने चुँ गाड खोलाको काठेपुल खोलाले बगाएको छ । दैनिक स्थानीयले प्रयोग गर्ने पुल खोलाले बगाएपछि मानिस तथा सवारी आवतजावत ठप्प भएको छ ।

खोलामा पुल नभएपछि नगरपालिको वडा नं ९, १० र ११ मा सर्वसाधारण नगरपालिकाको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत गर्न सकेका छैनन् ।

औषधि उपचार, बैंकिङ् सेवा, किनमेल लगायतका कामका लागि र त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बुढाले जानकारी दिनुभयो ।

खोलामा पुल नबनेसम्म सर्वसाधारणहरु काम परे पनि सहज आवतजावत गर्न सक्ने अवस्था नभएको उहाँको भनाइ छ । त्यसैगरी बाढीकै कारण जाजरकोट-डोल्पा सडकखण्ड अन्तर्गत पर्ने तल्लो चुँ गाडमा सवारीसाधन आवत जावत गर्नकालागि बनाइएको खोलाको तटवन्ध समेत भासिएको छ ।

मुख्य सडकमै पर्ने तटबन्ध भासिएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरु बाटोमै रोकिएका छन । मालवाहक ट्रक, ट्याक्टर आउन नसकेपछि सदरमुकाम दुनै त्रिपुराकोट, जुफाल लगाएतका बजारहरुमा दैनिक उपभोग्य सामाग्री ढुवानी हुन सकेको छैन् । यथाशिघ्र पुल सञ्चालन नभए बजारमा दैनिक उपभोग्य सामाग्री समेत महंगिने स्थानीय व्यापारीको भनाई छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.