भारतकी १५औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मुको सपथ

आदिवासी जनजाति समुदायकी राजनीतिज्ञ द्रौपदी मुर्मुले भारतको नयाँ राष्ट्रपतिका रुपमा शपथ लिनुभएको छ ।

उडिसा राज्यकी ६४ बर्षीया पूर्व शिक्षिका मुर्मु यसअघि झारखण्ड राज्यको राज्यपाल भैसक्नुभएको छ ।

भारतीय जनता पार्टीबाट नाम अगाडि सारिएकी मुर्मुले विपक्षी दलहरुका तर्फबाट उम्मेदवार बन्नुभएका यशवन्त सिन्हालाई निर्वाचनमा पराजित गर्नुभएको थियो ।

मुर्मुलाई संघीय संसद भवनमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश एनभी रमणले १५ औं राष्ट्रपतिका रुपमा शपथ गराउनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.