पूर्वराष्ट्रपति राजापाक्ष सिङ्गापुर बसाइ लम्बिने

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्ष थप केही समय सिङ्गापुरमा नै बस्ने भएका छन् । उनले अरू १४ दिन सिङ्गापुरमै बस्ने योजना बनाएका स्थानीय सञ्चार माध्यमले बुधबार जनाएका छन् ।

इन्धन, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको चरम अभाव भएपछि आन्दोलनमा उत्रेका सर्वसाधारणले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय तथा निवास नै कब्जा गरेपछि देश छाडेर गएका राजापाक्षले यसअघि पनि १४ दिन सिङ्गापुर बस्ने अनुमति लिएका थिए । उनलाई सिङ्गापुर सरकारले अतिथिको रुपमा आफ्नो देशभित्र बस्न अनुमति दिएको हो ।

श्रीलङ्का सरकारका प्रवक्ता बन्दुला गुनावार्डेनाले भने पूर्व राष्ट्रपति राजापाक्ष चाडै नै स्वदेश फर्किने अपेक्षा गरिएको बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.