प्युठानको स्वर्गद्वारीमा जीप दुर्घटना, १ जनाको मृत्यु, १४ जना घाइते

प्युठान- प्युठानकाे स्वर्गद्वारीमा  आज भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । यात्रु बोकेको बोलेराे जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन ।

घाइतेहरुको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको छ । जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।  स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा जीप दुर्घटना भएको थियो ।

स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका -३ निवासी ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो।

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन। त्यसमध्ये ९ जनाको अबस्था गम्भिर छ । भिङ्ग्रीमा प्राथमिक उपचारपछि घाइतेहरुलाई बुटवल रिफर गरिएको थापाले बताउनुभयो। रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्भ गरेर शुक्रवार तिर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए। जीपमा १७ जना सवार थिए। जीपकाे ब्रेक नलागेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.