सेयर बजारमा उत्साह : ५४.५८ अंकले बजार बढ्दा करिब ४ अर्ब ६१ करोडको कारोबार

काठमाडौँ- आज नेप्से परिसूचक २.५५ प्रतिशत अर्थात ५४.५८ अंक बढेर २१९५.१० विन्दुमा पुगेको छ।
त्यसैगरी, आज २२० स्टकको ६७ हजार ७४१ पटकको कारोबारमा ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको यस दिन २१ करोड ३४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल टेलिकम, एशियन लाइफ इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

साताको पहिलो कारोबार दिन दोस्रो बजारका लगानीकर्ताहरु बीमा कम्पनीमा आकर्षित भएको देखिन्छ। आज ५ बीमा कम्पनीहरुको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ। आज नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो।

त्यसैगरी, युनाइटेड इदी मार्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर कम्पनी र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

बीमा कम्पनीहरुको शेयरमूल्य बढेसँगै जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन्।

लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.७६ प्रतिशत बढेको छ। अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.