जनार्दन शर्मा पुन: अर्थ मन्त्रीमा नियुक्त, आजै साँझ सपथ ग्रहण हुने

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त हुनु भएको छ ।

आज मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभएको छ। परियारका अनुसार आजै साँज मन्त्री शर्माको सपथ ग्रहण हुनेछ ।

बजेट निर्माणको सिलसिलामा अपरिचित व्यक्तिलाई मन्त्रालयभित्र प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजिनामा दिनुभएको थियो ।

यसै बिषयमा छानविन गर्न संसदीय समिति गठन भएको र सो समितिले अर्थमन्त्री दोषी नभएको प्रतिवेदन संसदमा बुझाएसँगै शर्माको मन्त्री बन्ने बाटो खुलेको हो ।

नेकपा माओवादी केन्द्रले शर्मालाई पुन: अर्थमन्त्री बनाउने निर्णय गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.