जनकपुरमा रहेको उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज

मधेश प्रदेश- मधेस सरकारले जनकपुरधाममा संचालनमा रहेको उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गरेको छ ।
आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्देशनालय खारेज लगायतका तीन निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
उहाँका अनुसार पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने निर्णय भएको छ ।
यस्तै सिरहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्जमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय पनि भएको मन्त्री साहले जानकारी दिनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्