महोत्तरीको बर्दिबासमा आगोलागी, नियन्त्रणमा लिने प्रयास जारी

महोत्तरी- महोत्तरीको बर्दिबासमा सिद्धार्थ बैंक रहेको भवनमा भीषण आगोलागी भएको छ ।

केहीबेर अघि शुरु भएको आगोलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । स्थानीय दमकल र प्रहरी एवं स्थानीयलले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि कठिनाइ भइरहेको हाम्रा महोत्तरी संवाददाता राजिव रायले जनाएका छन ।

सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । शुरुमा माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएकाे प्रत्यक्षदर्शीहरूकाे भनाइ छ।

आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको छैन। आगलागी भएको भवनमा एसबीआई बैंक पनि सँगै छ भने सोही घरमा रहेको सिदार्थ बैंकमा कुनै क्षति भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.