बढ्दै कोरोना संक्रमण- २४ घण्टामा ८९५ जना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौँ- नेपालमा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६४ जना निको भएका छन्।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ रहेको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ३ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ७२ पुगेको छ ।

त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ६६ जना संक्रमित थपिएका छन् । भक्तपुरमा सक्रिय संक्रमितको संख्या ३० र ललितपुरमा ५ सय ४३ पुगेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.